+
फ्रान्स भर्सेस मोरक्को :

एमबाप्पे पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरी

२०८३ असार  २६ गते २:३८ २०८३ असार २६ गते २:३८

फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्को विरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा पहिलो हाफ बराबरीमा सकिएको छ । 

२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वाटरफाइनलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले मोरक्को विरुद्ध पेनाल्टीमा गोल गर्न असफल हुँदा पहिलो हाफ बराबरीमा सकिएको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । एमबाप्पेले २८औं मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले बचाएका थिए ।

साविक उपविजेता फ्रान्सले पहिलो हाफमा पेनाल्टीसहित गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन भने मोरक्कोका गवलकिपर बोनोउले उत्कृष्ट प्रदर्शन गरे ।

खेलक चौथो मिनेटमा बोनोले उपामेकानोको हेडर बचाएका थिए ।

२५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए । रेप्रिले पेनाल्टीको संकेत गरेपछि केही समयमा भिएआरले रिभ्यु गरेको थियो ।

२८औं मिनेटमा एमबाप्पेले बायाँ साइडमा हानेको प्रहार बोनोले सहजै बचाए ।

यस्तै फ्रान्सका लुकास डिग्नेले पहिलो हाफको इन्जुरी टाइममा हानेको प्रहार यासिन बोनोउले बचाएका थिए ।

पहिलो हाफमा फ्रान्सले लगातार आक्रमण गर्दा १३ सट प्रहार गर्दा ३ सट टार्गेटमा थियो । तर मोरक्कोका गोलकिपरले ३ उत्कृष्ट बचाउ गरे ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय