+
+
Shares

साउन १ देखि सर्वोच्चमा डेढ साता नियमित सुनुवाइ प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतमा नयाँ आर्थिक वर्षको लगत सार्ने प्रक्रियाका कारण साउन १ गतेदेखि करिब डेढ साता नियमित सुनुवाइ प्रभावित हुने भएको छ।
  • अदालत प्रशासनका अनुसार साउन ११ गतेबाट मात्र नियमित सुनुवाइ पुनः सुरु हुनेछ।
  • यो अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दा र केही विशेष निवेदनमा भने सुनुवाइ जारी रहने सर्वोच्च अदालतले जनाएको छ।

२६ असार, काठमाडौं । आगामी साउन १ गतेदेखि सर्वोच्च अदालतको नियमित सुनुवाइ प्रक्रिया करिब डेढ साता प्रभावित हुने भएको छ ।

हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास छ । सोही अनुसार, यो वर्ष नयाँ आर्थिक वर्ष सुरु भएपछि करिब डेढ साता सुनुवाइ प्रक्रिया प्रभावित हुने भएको हो ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, साउन ११ गतेबाट मात्रै नियमित सुनुवाइ हुनेछ ।

यसअघि दुई सातासम्म पनि सुनुवाइ रोकिने गरेको थियो । यो पटक भने ११ दिनमात्रै अवरुद्ध हुने भएको सर्वोच्च अदालतले जनाएको छ ।

यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने रोकिंदैनन् । केही निवेदनमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?