+
+
Shares

विज्ञापन नीति विरुद्धको मुद्दामा अर्को साता फैसला आउने

सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १७:३५

२३ असार, काठमाडौं । सरकारी सञ्चार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार(३० असार) मा आफ्नो निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरू सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ३० असारका लागि निर्णय सुनाउने मिति तोकेको हो ।

सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको थियो ।

कानुन व्यवसायीहरूले बहसका क्रममा नीजि सञ्चार माध्यमहरूको अस्तित्व नामेट पार्न सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप लगाएका थिए ।

गत १८ चैतमा सरकारले नीजि सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो । त्यसको अर्को साता नै नेपाल मिडिया सोसाइटी सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?