+
+
Shares

सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको गोडैता नगरपालिकामा ३५ वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।
  • मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत उक्त घटनाको जानकारी गराएका छन्।

२६ असार, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।

गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मधेश प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ ।

रास्वपा सांसद अमरेशकुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराएका छन् । उनलाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।

उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

उनले आफ्नो शरीरमा आगो लगाउँदा घरमा भने कोही पनि व्यक्ति नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?