+
+
Shares

गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै छुटे

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।
  • प्रहरीले घटनाबारे सोधपुछका लागि बोलाएका सबै जनालाई बयान लिएपछि शुक्रबार नै छाडिएको जनाएको छ ।
  • घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

२८ असार, काठमाडौं । गणेश नेपालीले आत्मदाह गरेको घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले सबै जनालाई शुक्रबारै छाडिएको बताए । ‘हामीले कसैलाई पक्राउ गरेका थिएनौं । सोधपुछका लागि बोलाएका थियौं । काम सकिएपछि सोही दिन छाडिएको हो,’ उनले भने ।

महाननर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रमा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यसपछि सोधपुछका लागि भन्दै प्रहरीले महानर प्रहरी र घटनाका प्रतक्ष्यदर्शीलाई बोलाएको थियो । सोधपुछ तथा घटना विवरण कागज गराएर प्रहरीले उनीहरूलाई छाडेको हो ।

यो घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी गोविन्द थपलियाको कमाण्डमा पाँच सदस्यीय समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?