+
+
Shares

सेती नदी किनारमा एक महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदी किनारमा ७० वर्षीया ठगुली सुनार मृत अवस्थामा फेला परेकी छन् ।
  • वडाध्यक्ष नारायण सिंह साउदले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए र प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटनाको थप विवरण अनुसन्धानपछि मात्र खुल्ने जनाइएको छ ।

२८ असार, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२, सुनार टोल ठगुली सुनार मृत अवस्थामा भेटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आइतबार दिउँसो करिब ४ः१५ बजेको समयमा सेती नदीको किनारमा उनी मृत अवस्थामा भेटिएकी हुन् ।

दिपायल सिलगढी नगरपालिका–३ स्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै सेती नदी किनारमा शव देखेपछि सो वडाका अध्यक्ष नारायण सिंह साउदले प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना पाएपछि प्रहरी नायब निरीक्षक डम्बर कठायतको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा पुग्दा नदी किनारमा पानीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार करिब ७० वर्षीया ठगुलीको भएको बुझिएको छ । घटनाको बिषयमा थप केही खुलेको छैन । प्रहरीले घटनावारे अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?