+
फिफा विश्वकप २०२६ :

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा

२०८३ असार  ३१ गते २:४५ २०८३ असार ३१ गते २:४५

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै १६ वर्षपछि फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।
  • अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई स्तब्ध बनाएको हो।
  • सन् २०२६ को विश्वकपको फाइनलमा प्रवेश गरेसँगै स्पेनले आफ्नो ऐतिहासिक यात्रालाई थप बलियो बनाएको छ।

३१ असार, काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो ।

खेलको सुरुवातमा फ्रान्सलाई केही बलियो टोली मानिएको थियो र किलियान एम्बाप्पेले काउन्टर अट्याकमार्फत खतरा पनि बढाएका थिए। तर, आफ्नो १९ औं जन्मदिनको भोलिपल्टै खेलिरहेका विङ्गर लामिन यामललाई लुकास डिनले बक्सभित्र लडाएपछि स्पेनले अग्रता लिने अवसर पायो ।

पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।

स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे।

त्यसपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्याे । तर स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै स्वीपर किपरको भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले एम्बाप्पेविरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सलाई रोके। अन्तत् स्पेन २–० ले विजयी भयो ।

जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरिह बन्न पुग्यो । बल पोजिसनदेखि फिनिसिङमा फ्रान्स चल्न सकेन । फ्रान्सले खेलभरि मात्र दुई सर्ट अन टार्गेटमा राख्न सक्यो ।

सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बन्यो ।

अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय