News Summary
Generated by OK AI. Editorially reviewed.- नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका बेचन झा कानूनी प्रक्रिया पूरा गरी बुधबार रिहा भएका छन् ।
- काठमाडौं जिल्ला अदालतले उनलाई ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिवानाको सजाय तोकेको थियो ।
- तोकिएको भन्दा बढी कैद भुक्तान गरिसकेकाले उनलाई जेलमुक्त गरिएको अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिएका छन् ।
३१ असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका बेचन झा रिहा भएका छन् । दुई वर्षदेखि सुन्धारा कारागारमा रहेका उनी कानुनी प्रक्रिया पूरा गरेर आज बुधबार रिहा भएका हुन् ।
हिजो मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार जरिबाना सजाय निर्धारण गरेको थियो ।
तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेकाले उनी आज रिहा भए । काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार उनलाई रिहा गर्नका लागि मंगलबार साँझ नै कारागार कार्यालयलाई पत्र लेखिएको थियो । उनी ०८१ असार १४ गते पक्राउ गरेका थिए ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा छ । अदालतको आदेशबमोजिम उनले आजै यी दुवै आयोगमा पनि प्रक्रिया पूरा गरी रिहा हुनेछन् ।
प्रतिक्रिया 4