News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको न्यूयोर्क–न्युजर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनले ऐतिहासिक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
- लियोनल मेसीले फाइनलमा जित हासिल गरेमा लगातार दुई विश्वकप जित्ने पहिलो कप्तान र तीन पटक गोल्डेन बल जित्ने कीर्तिमानी खेलाडी बन्नेछन् ।
- स्पेन विजयी भएमा रोयल स्पेनिस फुटबल महासंघ पुरुष र महिला दुवै विश्वकपको उपाधि लगातार जित्ने विश्वकै पहिलो फुटबल महासंघ बन्नेछ ।
२ साउन, काठमाडौं । अमेरिकाको न्यूयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र होइन ।
यो खेलसँग विश्व फुटबलका थुप्रै ऐतिहासिक कीर्तिमान पनि जोडिएका छन् । लियोनल मेस्सीदेखि अर्जेन्टिनाको लगातार दोस्रो विश्व उपाधिसम्म, यामालदेखि स्पेनको नयाँ इतिहाससम्म धेरै रेकर्ड यो खेलबाट बन्न वा टुट्न सक्छन् ।
सबैभन्दा धेरै हेरिने विश्वकप फाइनल बन्ने सम्भावना
सेमिफाइनलमै स्पेन–फ्रान्स र अर्जेन्टिना–इंग्ल्यान्ड खेलले विभिन्न देशमा दर्शक संख्याका नयाँ कीर्तिमान बनाइसकेका छन् ।
अर्जेन्टिना–इंग्ल्यान्ड खेलले बेलायत र अमेरिकामा सेमिफाइनल दर्शक संख्याको नयाँ रेकर्ड कायम गरेको थियो ।
यस कारण फाइनल विश्वकप इतिहासकै सर्वाधिक हेरिएको खेलमध्ये एक बन्ने अपेक्षा गरिएको छ ।
लगातार दुई विश्वकप जित्ने कप्तान
अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने इतिहास रच्ने अभियानमा छ । सन् २०२२ मा लियोनल मेसीको कप्तानीमा विश्वकप जितेको अर्जन्टिनाले यसपटक पनि उपाधि जितेमा लगातार दुई विश्वकप जित्ने कप्तानको कीर्तिमान बन्नेछ ।
यस्तै सन् १९६२ पछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्नेछ । यसअघि इटाली (१९३४ र १९३८) तथा ब्राजिल (१९५८ र १९६२) ले मात्र यस्तो उपलब्धि हासिल गरेका छन् ।
तीन गोल्डेन बल जित्ने खेलाडी
३९ वर्षीय लियोनल मेसी हाल गोल्डेन बुट र गोल्डेन बल दुवै दौडमा अगाडि नै देखिएका छन् । मेसीले यसअघि सन् २०१४ मा अनि २०२२ मा गोल्डेन बल जितिसकेका छन् ।
यसपटक पनि मेसीले गोल्डेन बल जितेमा तीन गोल्डेन बल जित्ने उनी पहिलो खेलाडी बन्नेछन् । हाल दुई गोल्डेन बल जित्ने पनि उनी एकमात्र खेलाडी हुन् ।
मेसी उनी विश्वकप इतिहासमा तीन फाइनल खेल्ने दोस्रो मात्र खेलाडी बन्नेछन् । यसअघि ब्राजिलका काफुले १९९४, १९९८ र २००२ गरी तीन फाइनल खेलेका थिए ।
कप्तानका रूपा विश्वकप, गोल्डेन बुट र गोल्डेन बल
मेसी अहिले प्रतियोगितामा आठ गोलसहित शीर्ष गोलकर्तामध्ये एक हुन् । फाइनलमा गोल गर्न सके उनी गोल्डेन बुटको दौडमा निर्णायक अग्रता लिन सक्छन् ।
मेसीले विश्वकप उपाधिसँगै गोल्डेन बुट र गोल्डेन बल तीनवटै अवार्ड जित्न सकेमा कप्तानका रूपमा उपाधि र यी अवार्ड जित्ने पहिलो खेलाडी बन्ने छन् ।
महिला र पुरुष विश्वकप लगातार जित्ने कीर्तिमान
यदि स्पेनले आइतबार अर्जेन्टिनालाई हराएर विश्वकप जित्न सफल भयो भने, रोयल स्पेनिस फुटबल महासंघ (आरएफईएफ) पुरुष र महिला दुवै विश्वकपको लगातार विजेता बन्ने विश्वकै पहिलो फुटबल महासंघ हुनेछ ।
स्पेनको महिला टोलीले सन् २०२३ मा अष्ट्रेलिया–न्युजिल्यान्डमा भएको फिफा महिला विश्वकप जितेको थियो । त्यसको तीन वर्षपछि पुरुष टोलीले पनि विश्वकप जित्न सके, एउटै महासंघले लगातार महिला र पुरुष दुवै विश्वकप जितेको यो पहिलो अवसर हुनेछ ।
यसअघि जर्मनीले २००३ मा महिला विश्वकप र २०१४ मा पुरुष विश्वकप जितेको थियो भने फ्रान्सले २०१८ मा पुरुष विश्वकप र २०१९ मा महिला विश्वकपको फाइनल खेलेको थियो ।
तर कुनै पनि देश वा महासंघले लगातार महिला र त्यसपछि पुरुष विश्वकपको उपाधि जित्न सकेको छैन ।
अन्य उपलब्धिहरू
१९ वर्षीय लामिन यमालका लागि पनि यो ऐतिहासिक रात बन्न सक्छ । यदि स्पेन च्याम्पियन बन्यो भने उनी विश्वकप जित्ने इतिहासकै दोस्रो कान्छा खेलाडी बन्नेछन् ।
यस्तै अर्जेन्टाइन प्रशिक्षक लियोनल स्कालोनी लगातार दुई उपाधि जित्ने दोस्रो प्रशिक्षक बन्नेछन् । यसअघि सन् १९३४ र १९३८ मा इटालीका भिटोरियो पोजोले इटालीलाई लगातार उपाधि दिलाएका थिए ।
प्रतिक्रिया 4