News Summary
Generated by OK AI. Editorially reviewed.- स्याकार ट्रेडिङ कम्पनीले सन् २००१ देखि २०१४ सम्मका होन्डा कारको एयरब्यागमा देखिएको सम्भावित जोखिम हटाउन निःशुल्क सेफ्टी रिकल अभियान सञ्चालन गरेको छ।
- यो अभियान अन्तर्गत सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड मोडेलका गाडीहरूको एयरब्याग जाँच र इन्फ्लेटर परिवर्तन पूर्णतः निःशुल्क गरिनेछ।
- कम्पनीले ग्राहकलाई आफ्नो गाडी रिकलमा पर्ने वा नपर्ने विषयमा आधिकारिक वेबसाइटमार्फत जाँच गर्न र नजिकको सर्भिस सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
४ साउन, काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ ।
यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होन्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन् । जसमा सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्दछन् ।
‘ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ वा पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफै जाँच गर्न सक्नेछन्’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यस अभियान अन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ, ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।’
सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि ग्राहकलाई आफ्नो नजिकको होन्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया 4