News Summary
Generated by OK AI. Editorially reviewed.- सुकुना माध्यमिक विद्यालयका तीन शिक्षकसहित चार जनालाई विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
- मोरङ प्रहरीले आरोपितहरूमाथि बालबालिका विरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको सूचना अधिकारी डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।
- पक्राउ परेका शिक्षकहरूले परीक्षाको नतिजाको प्रलोभन देखाउँदै सामाजिक सञ्जालमार्फत छात्रालाई अश्लील म्यासेज पठाउने गरेको विद्यार्थीको आरोप छ ।
५ साउन, विराटनगर । विद्यार्थीहरुमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुकुना माध्यमिक विद्यालयका तीन शिक्षकसहित चार जनालाई पक्राउ गरेको छ ।
सोमबार प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेको थियो । मंगलबार नृत्य शिक्षक भिमप्रसाद नेपाललाई पनि पक्राउ गरेको हाे । यो सँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमारमिश्रका अनुसार उनीहरुमाथि बालबालिकाविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उनका अनुसार भट्टराई, गच्छदार र मास्केलाई नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा संलग्नता देखिएपछि नृत्य प्रशिक्षक भीमप्रसाद नेपाल पनि पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुले विद्यार्थीलाई सामाजिक सञ्जाल र स्कुलमा याैनजन्य दुर्व्यहार गरेकाे आराेप छ । प्रहरीले भने मोरङ जिल्ला अदालतबाट ‘बालबालिका विरुद्धको कसूर’मा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।
शिक्षकसमेत रहेका मास्केले राति छात्रालाई म्यासेज गर्दै गोप्य अंगको फोटो पठाउन भन्थे । परीक्षाकाे कपी आफुले काट्ने भन्दै पक्राउ परेका शिक्षकहरुले धेरै नम्बर चाहिए भेट्न आउनु भन्दै फकाउने गरेका थिए । मध्यरातमा फाेन गरेर गाेप्य अंग देखाउन र फाेटाे पठाउन भन्दै याैनजन्य दुर्व्यवहार गरेकाे पीडित छात्राहरुकाे गुनासाे छ ।
विद्यालय स्राेतका अनुसार पक्राउ परेका चारैजना चीनजानका हुन् । उनीहरुले संगठित रुपमा दुर्व्यवहार गर्ने गरेकाे स्राेतकाे दाबी छ । शिक्षकले विद्यार्थीमाथि आतंक सृजना साेमबार विद्यार्थीले आन्दाेलन गर्ने तयारी गरेका थिए । आन्दाेलनअघि शिक्षकले पठाएकाे म्यासेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसपछि प्रहरीले तीन जनालाई पक्राउ गरेकाे थियाे ।लगतै विद्यालय प्रशासनले पक्राउपरेकाहरुलाई निलम्बन गरेकाे थियाे ।
प्रहरी भने विस्तृत अनुसन्धानपछि मात्रै सबै विषय खुल्ने बताउँछ । ‘विद्यालयमा योजनावद्ध रुपमा उनीहरुले यस्तो कार्य गरेको हो कि होइन् भन्ने अनुसन्धान हुन बाँकी छ,’ डिएसपी मिश्रले भने,‘ अन्य जोडिएको अवस्थामा अरुलाई पनि पक्राउ गर्छाै ।’
प्रतिक्रिया 4