News Summary
Generated by OK AI. Editorially reviewed.- द्वन्द्वपीडितहरूले शान्ति प्रक्रियामा अर्थपूर्ण सहभागिता र न्यायको सुनिश्चितताको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन्।
- पीडित समुदायले विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
- कार्यक्रममा अधिकारकर्मीहरूले पीडितको सक्रिय सहभागिता नभई गरिने संक्रमणकालीन न्याय अर्थहीन हुने बताएका छन्।
७ साउन, काठमाडौं । शान्ति प्रक्रियामा न्यायपूर्ण सहभागिता हुनुपर्ने माग राखेर द्वन्द्व पीडितहरूले काठमाडौंमा धर्ना दिएका छन् ।
दशक लामो माओवादी द्वन्द्वबाट पीडित भएकाहरूको अर्थपूर्ण सहभागिता बिना गरिने न्याय पीडितका लागि हुन नसक्ने उनीहरूको धारणा छ ।
द्वन्द्व पीडित समुदायसँगको संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ ।
बिहीबार माइतीघर मण्डलमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित तथा अधिकारकर्मीहरूले पीडितको सहभागिता बिनाको संक्रमणकालीन न्याय अर्थहीन हुने बताए ।
धर्ना कार्यक्रममा मैना कार्की, सुरेन्द्र खत्री, एकराज भण्डारी, चरण प्रसाईं, बद्री भुसाल लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4