+
+
Shares

अर्ग्यानिक कृषि क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १६:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सरकार सहयोग गर्न तयार रहेको बताए।
  • उनले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
  • प्रधानमन्त्री शाहले प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न समेत निर्देशन दिए।

७ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘अर्ग्यानिक एसोसियसन नेपाल’ का पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएसनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए ।

प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान दिने व्यवस्था गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री शाहसँगको भेटमा पदाधिकारीहरूले अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेका थिए ।

अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरे ।

छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरू तथा गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?