+
+
Shares

सुनसरी घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन ११ गते १६:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि सो घटनाको विरोधमा सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ।
  • प्रदर्शनकारीहरूले राजविराजस्थित नेता चोकमा टायर बालेर विरोध गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
  • सुरेन्द्र दासको नेतृत्वमा रहेको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेको छ।

११ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ ।

सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता  सप्तरी प्रशासनले  बढाएको छ ।

प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै उनीहरूले नाराबाजीसमेत गरेका थिए ।

स्थानीय युवा सुरेन्द्र दासको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारका नाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारसँग माग गरिएको छ ।

यसअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?