News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्डको कार्यालय सोमबारदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा स्थानान्तरण गरिएको छ ।
- गत वर्षको आन्दोलनका क्रममा क्षति पुगेपछि बोर्डको कार्यालय साविकको स्थानमा पुनः फर्काइएको हो ।
- बोर्डले ११ साउनदेखि साविकको संसद् क्यान्टिन भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको जानकारी दिएको छ ।
१२ साउन, काठमाडौं । गत वर्ष जेनजी आन्दोलनपछि काठमाडौं उपत्यका विकास प्राधिकरण सरेको लगानी बोर्ड अब साविककै स्थानमा स्थानान्तरण भएको छ ।
बोर्डका अनुसार सोमबारदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमै कार्यालय स्थानान्तरण गरिएको हो । आन्दोलनका कारण संसद् भवनमा तोडफोड हुँदा बोर्डको कार्यालयमा समेत क्षति पुगेको थियो ।
साविकको संसद् क्यान्टिन भवनबाट लगानी बोर्ड सञ्चालनमा ल्याइएको हो । ११ साउनदेखि सोही स्थानबाट नियमित सेवा प्रवाह सुरु गरिएको बोर्डले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4