१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।
पहिलो अधिवेशन र चालु अधिवेशनको ४१ वटा बैठकमा प्रचण्ड थोरै समय मात्रै उपस्थित भएका थिए । यो विषयमा अनलाइनखबरले रिर्पोटिङ गरेको थियो ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा भने पूर्वप्रधानमन्त्री प्रचण्ड उपस्थित भएका हुन् । आज प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4