News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
- सुनसरी लगायत मधेशका केही जिल्लामा उत्पन्न पछिल्लो तनावको अवस्था र त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको सचिवालयले जनाएको छ ।
- छलफलमा डा सीके राउत, महन्थ ठाकुर र राजेन्द्र महतोसहित विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।
१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4