News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको छ।
- परिषद्को ९९औँ बैठकले कक्षा ६ देखि १२ सम्मका विभिन्न विषयका नयाँ पाठ्यक्रम मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
- यस सिफारिसमा मातृभाषा, जनसङ्ख्या अध्ययन, तन्त्रशास्त्र तथा कानुन विषयसँग सम्बन्धित विभिन्न पाठ्यक्रमहरू समावेश गरिएको छ।
१५ साउन, काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गरेको छ ।
परिषद्को ९९औँ बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका सिफारिस गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले आधारभूत शिक्षा (कक्षा ६–८) अन्तर्गत मातृभाषा समूहका अवधी र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, माध्यमिक शिक्षा (कक्षा ९–१०) का जनसङ्ख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको छ ।
यसैगरी, माध्यमिक शिक्षा (कक्षा ११–१२) अन्तर्गत संवैधानिक कानुन, देवानी तथा फौजदारी कानुन र न्याय, कार्यविधि कानुन, कानुनी मसौदा, तथा विधिशास्त्र तथा नेपाली कानुनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया 4