+
+
Shares

परिस्थिति थप बिग्रिन नदिन सरकार बहुपक्षीय रणनीतिमा काम गर्दैछ : प्रधानमन्त्री  

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले तराई-मधेशमा देखिएको समस्या थप बिग्रिन नदिने बहुपक्षीय रणनीति अपनाएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १६:१८

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले तराई-मधेशमा देखिएको समस्या थप बिग्रिन नदिने बहुपक्षीय रणनीति अपनाएको बताएका छन् । शुक्रबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदसँग छलफलका क्रममा प्रधानमन्त्री बालेनले परिस्थिति थप नबिग्रिने भन्दै सांसदहरूलाई आश्वास्त पारेका हुन् ।

प्रधानमन्त्री बालेलले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन  पनि आग्रह गरे ।

सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, नागरिकहरूलाई  सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको प्रधानमन्त्री बालेनले बताएको उनको सचिवालयले जनाएको छ ।

यस्तै उनले सबै सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न पनि आग्रह गरे ।

अप्ठेरो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर जनताको दु:ख–सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको पनि प्रधानमन्त्री बालेनले स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?