१६ साउन, काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोडभन्दा कम पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ ।
विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी रु २५ करोडभन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थसम्बन्धी कार्य प्रदेश सरकार र सो मातहतका निकायबाट हुने उद्योग विभागले जनाएको हो ।
त्यसैगरी रसायन आयात तथा वण्डेड वेयरहाउस एवं कच्चा पदार्थ खपतको नर्म्स निर्धारणलगायतका अन्य छुट, सुविधा, सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सोअन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ ।
विभागले उद्योग दर्ता र सोसँग सम्बन्धित अन्य थप सात थरिका सेवा पनि अनलाइनमार्फत सेवा प्रवाह गर्ने भएको छ । विभागले सार्वजनिक सूचना जारी गरेर यही साउन १८ गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप सात थरिका सेवा पनि अनलाइनबाटै सम्पादन हुने जनाएको छ । रासस
प्रतिक्रिया 4