+
+
Shares

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन

शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला आयोजना गर्न पाँच सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
  • डा. शशांक कोइरालाको संयोजकत्वमा गठित उक्त समितिले भेला व्यवस्थापनका लागि १६ वटा विभिन्न उपसमितिहरू पनि निर्माण गरेको छ ।
  • कोइरालाले पत्रकार सम्मेलनमार्फत भेलाको तयारी र आयोजक समितिबारे जानकारी गराउनुभएको छ ।

१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ ।

शनिबार एक पत्रकार सम्मेलन आयोजना गर्दै डा. शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराइएको छ ।

त्यस्तै, मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।

सोही अनुरुप आज आयोजक समिति घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?