+
+
Shares

सप्तरीमा पापडले शान्ति र सद्भावका लागि आइतबार सद्‌भाव र्‍याली निकालिने

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन १६ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल सप्तरीले जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न आइतबार बिहान राजविराजमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ।
  • पापडको बैठकले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरेको छ।
  • नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले जिल्लामा देखिएको खाना पकाउने ग्यास तथा इन्धनको अभाव तत्काल सहज बनाउन स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय भएको बताए।

१६ साउन, सप्तरी । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न आइतबार बिहान राजविराजमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ ।

शनिबार नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा बसेको पापडको बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र त्यसपछि सप्तरीमा विकसित घटनाक्रमबारे गम्भीर छलफल गर्दै उक्त निर्णय गरेको हो ।

सो बैठकले गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीको कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको औरही गाउँपालिकाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले वर्तमान परिस्थितिमा शान्ति र सद्भाव कायम राख्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै साउन १७ गते आइतबार बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार  देवले जनाएको छ ।

उक्त र्‍याली सबै जातजाति, धर्म, समुदाय, संस्कृति तथा विभिन्न क्षेत्रका नागरिकलाई सहभागी हुन आग्रह  पापड सप्तरीले आग्रह गरेकोे छ ।

यस्तै बैठकले जिल्लामा देखिएको खाना पकाउने ग्यास तथा इन्धनको अभाव तत्काल सहज बनाउन स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय पनि गरिएको पत्रकार महासंघका अध्यक्ष देवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?