१६ साउन, गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रतिद्वन्द्वी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी भएका छन् ।
रायमाझीले ९३ मत ल्याउँदा शर्माले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उपसभापतिमा खिनानन्द पौडेल, सचिवमा लिलबहादुर खत्री ‘बबिन’ र सहसचिवमा बालकृष्ण शर्मा निर्वाचित भएका छन् । –रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4