Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- शनिबार सम्पन्न ग्रान्ड फिनालेबाट सन् २०२६ का लागि दीपमाला खनाल मिस नेपाल वल्र्ड, कशिश सुब्बा मिस नेपाल कस्मो र आर्या निशान्त मिस नेपाल इन्टरनेसनल घोषित भएका छन् ।
- नवनिर्वाचित तीनै जना सुन्दरीले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो कला र कौशल प्रदर्शन गर्नेछन् ।
- मिस नेपाल वल्र्ड बनेकी दीपमाला खनाल पहिलो एनआरएन मिस नेपाल हुनुका साथै एकै फिनालेमा चार सहविधा जित्ने पहिलो प्रतियोगी बनेकी छिन् ।
काठमाडौं । मुलुकले सन् २०२६ को ब्याचका तीनजना नयाँ मिस नेपाल प्राप्त गरेको छ । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा दीपमाला खनालले मिस नेपाल वल्र्ड, कशिश सुब्बाले मिस नेपाल कस्मो र आर्या निशान्त मिस नेपाल इन्टरनेसनल घोषित भए ।
अब यी तीनजनाले यसवर्षको अन्त्य र अर्को वर्षको सुरुवातमा आयोजना हुने सम्बन्धित विधाका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
दीपमाला मिस नेपाल हङकङको उपाधि जितेर मिस नेपालको प्रतिस्पर्धामा प्रवेश पाएकी थिइन् । मिस नेपाल बनेसँगै उनले पहिलो एनआरएन मिस नेपाल बन्ने रकेर्ड राखिन् । यसबाहेक, फिनालेमा चार सहविधा जित्ने पहिलो रेकर्ड रचिन् । साथै, मिस नेपालको डायस्पोरा अनुबन्धित पेजेन्ट जितेर मुख्य प्रतिस्पर्धा नै जित्ने अर्को रेकर्ड पनि रचिन् ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर


























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4