+
+
Shares

‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल’ को उपाधि विपिशा र रोजीलाई

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को उपाधि विपिशा भट्टराई र रोजी श्रेष्ठले जितेका छन् ।
  • मिसतर्फ नुमाफुङ सुब्बा पहिलो उपविजेता घोषित भइन् भने मिसेसतर्फ कल्पना प्रसाई, सरिता राई, गम्भीर गंगा र गीता देवी अर्याल क्रमशः उपविजेता बनेका छन् ।
  • समारी इन्टरनेसनल इभेन्ट प्रालिद्वारा आयोजित यो प्रतियोगिताले नेपाली महिलाको आत्मविश्वास र नेतृत्व क्षमतालाई विश्वमञ्चमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

काठमाडौं । ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ का विजेता घोषित भएका छन् । आयोजित ग्रान्ड फिनालेमा विपिशा भट्टराई मिस नेपाल इन्टरनेसनल र रोजी श्रेष्ठ मिसेस नेपाल इन्टरनेसनल घोषित भए ।

मिसतर्फ नुमाफुङ सुब्बा पहिलो उपविजेता घोषित भइन् । मिसेसतर्फ कल्पना प्रसाई प्रथम उपविजेता, सरिता राई द्वितीय उपविजेता, गम्भीर गंगा तृतीय उपविजेता तथा गीता देवी अर्याल चतुर्थ उपविजेता घोषित भए ।

प्रतियोगिताका सहभागीले व्यक्तित्व विकास, सार्वजनिक बक्तृत्वकला, र्‍याम्प वाक, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा प्रदर्शन तथा नेपालको मौलिक कला, संस्कृति र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागिता जनाएका थिए ।

आयोजकका अनुसार विजेताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली महिलाको क्षमता, आत्मविश्वास, नेतृत्व र पहिचानलाई विश्वसामु स्थापित गर्नेछन् । कार्यक्रमको आयोजना समारी इन्टरनेसनल इभेन्ट प्रालिले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?