१९ साउन, काठमाडौं । स्वतन्त्र न्यायपालिका र न्याय प्रशासनको वर्तमान अवस्थाबारे संसदीय समितिले छलफल गर्दैछ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले यो विषयमा छलफल गर्न समितिको बैठक राखेको हो । बैठक भोलि बुधबार बस्नेछ ।
सिंहदरबारमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीलाई आमन्त्रण गरिएको छ ।
यी दुवै मन्त्रालयका सचिव र सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रारलाई पनि बैठकमा बोलाइएको छ ।
साथै समाज कल्याण परिषदका सदस्य सचिव पनि आमन्त्रित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4