News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य तिलकलाई नेपाल प्रहरीले दाङबाट पक्राउ गरेको छ ।
- पार्टी प्रवक्ता दीपकले विनापुर्जी गरिएको गिरफ्तार गरिएको भन्दै तिलकलाई ससम्मान तुरून्त रिहा गर्न माग गरेका छन् ।
- सरकारका कामकारबाहीको विरोध गरेका कारण प्रतिशोधस्वरूप आफ्ना नेतालाई पक्राउ गरिएको आरोप सो पार्टीले लगाएको छ ।
२२ साउन, काठमाडौं । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य तिलकलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङस्थित घर बसिराखेको अवस्थामा यही साउन २१ गते बेलुका नेपाल प्रहरीले उनलाई पक्राउ गरेको सो पार्टीका प्रवक्ता दीपकले जानकारी दिएका छन् ।
उनलाई ‘विनाकारण र विनापुर्जी’ गिरफ्तार गरेको भन्दै सो पार्टीले आपत्ति र भर्त्सना गरेको छ ।
वर्तमान सरकार गठन भएदेखि सुकुम्बासी बस्तीमा डोजर लगाएको, प्रधानमन्त्रीले संसदमा देशविरूद्ध अभिव्यक्ति दिएको, मूल्यवृद्धि गरेको लगायतका विषयमा विरोध गर्दा प्रतिशोध स्वरुप आफ्ना नेतालाई गिरफ्तार गरिएको आरोप सो पार्टीको छ ।
नेकपा बहुमतले पक्राउ परेका नेता तिलकलाई ससम्मान तुरून्त रिहा गर्न गर्न माग समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4