News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाकलाई लिएर प्रतिनिधिसभामा प्रश्न उठाएका छन्।
- सांसद मण्डलले प्रधानमन्त्रीको पहिरनले संसद्को गरिमा घटाएको भन्दै उहाँ राष्ट्रिय पोशाकमा नआएकोमा आपत्ति जनाएका हुन्।
२६ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रयोग गर्ने ड्रेसलाइ लिएर नेकपा एमालेले फेरि प्रश्न उठाएको छ ।
सोमबार प्रतिनिधिसभामा ढ्याप–ढ्याप गरेर सभामुखसँग समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्रीको ड्रेसलाइ लिएर प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्री संसद्मा राष्ट्रिय पोशाकमा दखिनुभएको छैन । सँधै कालो पाइन्ट, कालो कोट, कालो ज्याकेट, कालो चस्मामा आउनुभएको छ’ उनले भने, ‘यसले संसद्को गरिमालाई घटाएको छ ।’
यसअघि २८ वैशाख २०८३ मा प्रधानमन्त्री बालेन शाहको पोशाकलाई लिएर एमालेका सांसद गुरुप्रसाद बरालले प्रश्न उठाएका थिए ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री बालेन राष्ट्रिय पोशाकमा उपस्थित नभएको भनेर उनले त्यसदिन प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरेका थिए ।
चलन त्यसै नचल्ने र चलाएपछि चलन चल्ने भन्दै उनले थपेका थिए, ‘हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा ? म सभामुखमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’
प्रतिक्रिया 4