+
+
Shares

नारायणी अस्पतालमा एन्टी स्नेक भेनम अभाव

अस्पतालमा दैनिक कम्तीमा पनि ८ जना सर्पले डसेका बिरामी आउने गरेको र ती मध्ये दुई जनामा एन्टी स्नेक भेनम लगाउनुपर्ने उनले बताए ।   

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनमको मौज्दात सकिएको छ ।
  • अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले स्वास्थ्य विभागबाट ४० भाइल औषधि प्राप्त हुने र त्यो दुई दिनलाई समेत नपुग्ने जानकारी दिए।
  • अस्पतालमा दैनिक कम्तीमा आठ जना सर्पदंशका बिरामी आउने गरेकामा दुई जनालाई एन्टी स्नेक भेनम अनिवार्य आवश्यक पर्ने गरेको छ ।

२६ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सर्प दंशविरुद्ध लगाइने एन्टी स्नेक भेनम (एएसभी) अभाव भएको छ ।

अस्पताल प्रशासनले मंगलबार सूचना निकालेर अस्पतालमा एएसभीको मौज्दात सकिएको जनाएको छ ।

अस्पतालका प्रवक्ता एवं सूचना अधिकारी डा. उदयनारायण सिंहले दुई दिनदेखि एन्टी स्नेक भेनम अस्पतालमा नरहेको जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘दुई दिनदेखि अस्पतालमा एन्टी स्नेक भेनम सकिएको छ । यसबारे विभागमा जानकारी गराइसकिएको र विभागले ४० भाइल जनकपुर पठाइसकेको जानकारी पाएको छु । भोलिसम्म अस्पताल आइपुग्छ होला ।’

उनले थपे, ‘४० भाइल पर्याप्त भने होइन । यो दुई पनि पुग्न मुस्किल छ ।’

अस्पतालमा दैनिक कम्तीमा पनि ८ जना सर्पले डसेका बिरामी आउने गरेको र ती मध्ये दुई जनामा एन्टी स्नेक भेनम लगाउनुपर्ने उनले बताए ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?