२६ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले सरकारसँग ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेकी हुन् ।
‘ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कालोबजारी र कृत्रिम अभाव हो भने त्यसमा संलग्न लाई कारबाही गर्न तथा नागरिकलाई घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्न सभामुखज्यूमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ गुरूङले भनिन् ।
नागरिकलाई भाषण र आश्वासन नभएर सहज सेवा चाहिएको उनको भनाइ थियो । ‘सरकारले भने झैं ग्यास पर्याप्त छ भने नागरिक किन लाइनमा छन् रु,’ सांसद गुरूङले प्रश्न गरिन्, ‘आपूर्ति पर्याप्त छ भने वितरण प्रणाली किन व्यवस्थित हुन सकेन ?’
सरकारले केही समयअघि ‘लाइन होइन, अब अनलाइन’ भन्ने नारा दिएको स्मरण गर्दै उनले ग्यासको लाइनदेखि राहदानी विभागको लाइनसम्मले सरकारको त्यही नारालाई गिज्याइरहेको बताइन् ।
प्रतिक्रिया 4