+
+
Shares

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपित व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ ।
  • अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बयान र थुनछेक बहसपछि दुवै अभियुक्तलाई थुनामा पठाउने निर्णय गरेको हो ।
  • पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोही मुद्दामा साधारण तारिखमा छाड्न आदेश दिइए पनि अन्य दुई आरोपितलाई भने थुनामा राखिएको छ ।

२७ साउन, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका दुई व्यक्तिलाई थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो ।

दुवैजनाको बयान र थुनछेक बहसपछि विशेष अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको हो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि मुद्दा चलाइएको थियो ।

पौडेललाई साधारण तारिखमा छाड्न आदेश दिएको विशेष अदालतले अरु दुईजना आरोपितलाई थुनामा पठाउन भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?