+
+
Shares

धवलशमशेरले दिए नयाँ दल दर्ताको निवेदन, चुनाव चिह्न त्रिभुज

जय नेपाल पार्टीका नेता सगुन लावतीले ७९ सदस्य केन्द्रीय समितिको सूची सहित पार्टी दर्ता गरिएको जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. धवलशमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ ।
  • पार्टीका नेता सगुन लावतीका अनुसार ७९ सदस्यीय केन्द्रीय समिति सूचीसहित दर्ता गरिएको दलको चुनाव चिह्न त्रिभुज राखिएको छ ।
  • लावतीले ‘धवलशमशेर सभापति र अरू सबै केन्द्रीय सदस्य हुने गरी पार्टी दर्ता गरेका छौं’ भन्दै जानकारी दिनुभयो ।

२९ साउन, काठमाडौं । डा.धवलशमशेर राणाको नेतृत्वमा जय नेपाल पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको दर्ताका लागि निवेदन दिइएको हो ।

जय नेपाल पार्टीका नेता सगुन लावतीले ७९ सदस्य केन्द्रीय समितिको सूची सहित पार्टी दर्ताका लागि निवेदन दिइएको जानकारी गराए ।

लावतीले भने, ‘धवलशमशेर सभापति र अरू सबै केन्द्रीय सदस्य हुने गरी पार्टी दर्ताको निवेदन दिएका छौं ।’

चुनाव चिह्न त्रिभुज राखिएको छ । विधानमा ४५१ केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ ।

अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर नयाँ दल गठन गर्ने पूर्व सहमतिबीचमै भंग भएको थियो । प्रसाईं पक्षसँग सहमति जुट्न नसकेपछि राणा पक्षले दल दर्ता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?