+
+
Shares

भीमसेनदास प्रधानले भने- हिजोआजको उपस्थिति गगनप्रति विश्वास गुमेको प्रमाण

‘हिजोआजको यो उपस्थिति अब नेपाली कांग्रेसका सबै नेताकार्यकर्ताले गगनलाई विश्वास गर्न छाडिसकेको देखायो,’ प्रधानले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:१५

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सभापति गगन थापाले अहिलेसम्म सबै नेतालाई छक्याएर हिँडेको टिप्पणी गरेका छन् । संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता प्रधानले यस्तो बताएका हुन् ।

‘आजसम्म गगनजीले सबैलाई छक्याएर भ्रममा पारेर आउँदै गर्नुभएको छ,’ उनले भने ।

हिजो पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा उर्लिएको भिड र राष्ट्रिय भेलामा भएको उपस्थितिले गगनप्रति अविश्वास बढ्दैगएको संकेत रहेको पनि उनले टिप्पणी गरे ।

‘हिजोआजको यो उपस्थिति अब नेपाली कांग्रेसका सबै नेताकार्यकर्ताले गगनलाई विश्वास गर्न छाडिसकेको देखायो,’ प्रधानले भने ।

नेता प्रधानले निवर्तमान सभापति देउवाको स्वागत गर्न गगन थापा नआउनु उनीभित्रको डर रहेको पनि बताए । उनले भने, ‘हिजोको अनुपस्थितिले उहाँले पार्टी एकता नचाहेको देखियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?