+
+
Shares

चुनदेवीमा सभापति भनेर शेरबहादुर देउवाको बोर्ड मैले राखेको हुँ : कान्छाराम तामाङ

‘त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधिकन राखेको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:२६

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ(कान्छाराम)ले चुनदेवीस्थित सम्पर्क कार्यालयमा शेरबहादुर देउवालाई सभापति भनेर आफूले बोर्ड राखेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेको मैले खोलेको हो । हिजो शेरबहादुर दाइ पनि जानुभयो,’ तामाङले भने, ‘त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधिकन राखेको हो ।’

कांग्रेस विवादबारे सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिइसकेकाले त्यसो गरेको उनले बताए ।

‘जब हामीलाई सम्मानित सर्वोच्च अदालतले निस्सा दिइसक्यो, अनि मैले हाम्रा सम्मानित नेता कसैलाई नसोधिकन त्यहाँ सभापति शेरबहादुर देउवा भनेर राखेको हुँ,’ तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?