+
+
Shares

शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीलाई एकीकृत गर्नुपर्छ : रमेश लेखक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीलाई एकताबद्ध बनाउन पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
  • लेखकले विशेष महाधिवेशनले पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याएको दाबी गर्दै जबरजस्ती गरिएको महाधिवेशनले पार्टी र नेतृत्व दुवैलाई कमजोर बनाएको उल्लेख गर्नुभयो ।
  • उहाँले नियमित महाधिवेशनबाट नयाँ नेतृत्व आउने स्वाभाविक प्रक्रियालाई बलजफ्ती रोक्दा पार्टीको सङ्गठनमा प्रतिकूल असर परेको टिप्पणी गर्नुभयो ।

२९ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वमा पुन: पार्टीलाई एकीकृत गर्नुपर्ने बताएका छन् ।

शुक्रबार इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले विशेष महाधिवेशनलाई रोक्न सकेनौं । विशेष महाधिवेशनका कारणले पार्टी विभाजनको अवस्थामा पुगेको छ,’ नेता लेखकले भने, ‘त्यसकारण शेरबहादुर देउवा दाईको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नपर्छ भन्ने म आग्रह गर्न चाहन्छु ।’

पूर्वसभापति देउवाले वैधानिक रुपमा नै सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था नरहेको उल्लेख गर्दै जबरजस्ती पार्टीमा विशेष महाधिवेशन गरिएको उनको जिकिर थियो ।

‘यदी नेतृत्व परिवर्तनकै प्रश्न थियो, हस्तान्तरणकै प्रश्न थियो भने पनि शेरबहादुर दाईले वैधानिक रुपमा पनि सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन । उहाँले राजनीतिक रुपमा पनि प्रतिस्पर्धी हुन्नँ भनेर घोषणा गरिसक्नुभएको थियो,’ लेखकले भने ।

विशेष महाधिवेशनले आवधिक रुपले अवधि पुगेर प्राकृतिक रुपले सन्तान जन्मिने अवस्था हुँदै गरेको आमालाई बलजफ्ती शल्यक्रिया गरेर चाँडै सन्तान प्राप्त गर्ने काम गरेको उनले जिकिर गरे ।

‘हामी १५ औं महाधिवेशनमा अघि बढेपछि प्राकृतिक र नियमित रुपले नयाँ नेतृत्व आउने थियो नै । तर विशेष महाधिवेशनले आवधिक रुपले अवधि पुगेर प्राकृतिक रुपले सन्तान जन्मिने अवस्था हुँदै गरेको आमालाई बलजफ्ती शल्यक्रिया गरेर चाँडै सन्तान प्राप्त गर्ने नाममा जुन ढंगले विशेष महाधिवेशन भयो, त्यसले दुवैतिर समस्या पैदा गर्‍यो,’ लेखकले भने, ‘यदी स्वभाविक जन्मलाई हतार गरेर अस्वभाविक जन्मको रुपमा लिएर गयौं भने सन्तान पनि सशक्त हुन सक्दैन । आमाको शरीरलाई पनि प्रतिकूल असर पार्छ । अहिले भएको त्यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?