News Summary
Generated by OK AI. Editorially reviewed.- २०८२ सालको सफल फिल्म ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला ‘कलेजी ऊनको स्वीटर’ निर्माण हुने घोषणा गरिएको छ ।
- नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने यस फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स विश्वकर्मा, परीक्षा लिम्बु र भारतीय अभिनेता पियूष मिश्राले अभिनय गर्नेछन् ।
- दशैंपछि छायांकन सुरु हुने लक्ष्य राखिएको उक्त चलचित्र सन् २०२७ मा प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
काठमाडौैं । २०८२ सालको व्यवसायिक हिट फिल्म ‘ऊनको स्वीटर’को दोस्रो श्रृंखला बन्ने भएको छ । आयोजित इन्फा अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड समारोहमा दोस्रो श्रृंखला बन्ने जनाइएको हो ।
शीर्षक ‘कलेजी ऊनको स्वीटर’ राखिएको छ । सन् २०२७ मा प्रदर्शन लक्ष्य राखिएको फिल्मको छायांकन दशैंपछि सुरु हुने जनाइएको छ ।
नवीन चौहानको पटकथा, निर्देशनमा बन्ने फिल्ममा शीर्ष कलाकार विपिन कार्की र मिरुना मगर दोहोरिने पक्का भएको छ । उनीहरूसहित एलेक्स विश्वकर्मा र परीक्षा लिम्बुको पनि अभिनय हुनेछ ।
भारतीय अभिनेता पियूष मिश्रा पनि फिल्ममा देखिने सो अवसरमा जनाइयो । ‘ऊनको स्वीटर’ले नेपालमा १० करोड ६२ लाख रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4