१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी संसदीय दललाई निर्देशन दिएका छन् ।
महासचिव झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन् ।
झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रममा लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरणमा समेत फेरबदल आएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना पाँच मन्त्रीलाई राजीनामा गराएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीले सत्ता सहकार्य गरेका छन् ।
एमालेले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ । आचार्यले आज विश्वासको मत लिँदैछन् ।
प्रतिक्रिया 4