News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रिटिस मोडल कलेजले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे-जुन २०२६ परीक्षामा १०६ विद्यार्थीमध्ये ९४ प्रतिशत उत्तीर्ण दरसहित उत्कृष्ट नतिजा हासिल गरेको छ।
- परीक्षामा सहभागी ७ जना विद्यार्थीले सबै विषयमा ए स्टार र ३३ जना विद्यार्थीले सबै विषयमा ए ग्रेड प्राप्त गरेका छन्।
- ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजनकुमार राईले यो उपलब्धि विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहयोगको सामूहिक परिणाम भएको बताएका छन्।
१ भदौ, काठमाडौं । ब्रिटिस मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे-जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ।
ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत तथा द ब्रिटिस कलेजको भगिनी संस्थाका रूपमा रहेको बीएमसीले परीक्षामा सहभागी १०६ विद्यार्थीसहित ९४ प्रतिशत उत्तीर्ण दर हासिल गरेको जनाएको छ।
कलेजका अनुसार परीक्षामा ७ जना विद्यार्थीले सबै विषयमा ए स्टार र ३३ जना विद्यार्थीले सबै विषयमा ए ग्रेड प्राप्त गरेका छन्। कलेजले यसलाई विद्यार्थीको निरन्तर मेहनत, शिक्षकको मार्गदर्शन तथा अभिभावकको सहयोगको परिणामका रूपमा लिएको छ।
विद्यार्थीहरूले परीक्षाको तयारीका क्रममा गरेको महिनौंको मेहनतसँगै शिक्षकहरूले शैक्षिक यात्रामा दिएको मार्गदर्शन र अभिभावकबाट प्राप्त निरन्तर प्रोत्साहनले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको कलेजले जनाएको छ।
ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजनकुमार राईले उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीलाई बधाई दिँदै उनीहरूको सफलतामा शिक्षक र अभिभावकको योगदान महत्त्वपूर्ण रहेको बताए।
उनले यो उपलब्धि ब्रिटिस मोडल कलेजसँगै समग्र ब्रिटिस एजुकेसन ग्रुपका लागि गौरवको क्षण भएको बताए। विद्यार्थीमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको सामूहिक प्रतिबद्धताको परिणामका रूपमा यस उपलब्धिलाई लिनुपर्ने उनको भनाइ छ।
ए लेभलको अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो नतिजा उच्च शिक्षातर्फको आगामी यात्राका लागि महत्त्वपूर्ण उपलब्धि बनेको कलेजले जनाएको छ। कलेजले उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीलाई बधाई दिँदै शिक्षक, अभिभावक तथा समग्र विद्यालय समुदायप्रति समेत आभार व्यक्त गरेको छ।
प्रतिक्रिया 4