+
+
Shares

विधेयकबाट ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसद अधिकारीको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद लिमा अधिकारी आचार्यले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमा प्रयोग गरिएको वेश्यावृत्ति शब्द हटाउन सरकारसँग माग गरिन्।
  • उनले विधेयकमा वेश्यावृत्तिको सट्टा यौनजन्य क्रियाकलाप शब्द राख्न र पुनःस्थापनाको साटो पुनः समायोजन शब्द प्रयोग गर्न सुझाव दिइन्।
  • सांसद अधिकारीले सीमा निगरानी बढाउन, पुनःस्थापना कोषको रकम वृद्धि गर्न र नाबालिकाहरूको डिम्ब बिक्री हुने घटना नियन्त्रण गर्न राज्यलाई सचेत गराइन्।

१ भदौ, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा आपत्ति जनाएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पेस गरेको विधेयकमाथि धारणा राख्दै उनले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ राख्न सुझाएकी हुन्।

‘विधेयकमा वेश्यावृत्ति भन्ने शब्द राख्नुभएन, यसलाई हटाउनुपर्‍यो। ‘वेश्यावृत्ति’ भन्ने शब्द हटाएर ‘यौनजन्य क्रियाकलाप’ भन्ने शब्द राखौं,’ सांसद अधिकारीले भनिन्।

साथै, उनले बेचबिखनमा परेका पीडितलाई ‘पुनःस्थापना’ भन्नुको साटो ‘पुनः समायोजन’ भन्दा राम्रो हुने सुझावसमेत दिइन्।

सांसद अधिकारीले मानव बेचबिखन रोक्न सीमा निगरानी बढाउनुपर्ने र पुनःस्थापना कोषको रकम वृद्धि गर्न पनि माग गरिन्। पछिल्लो समय ललाइफकाई नाबालिकाहरूको डिम्ब बिक्रीका घटना वृद्धि भएको भन्दै उनले यसतर्फ राज्य सचेत हुनुपर्नेमा जोड दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?