News Summary
Generated by OK AI. Editorially reviewed.- १९औँ मिस नेवाःको उपाधि ललितपुरकी तिशा शाक्यले जितिन् र १ लाख रुपैयाँ नगदसहित पुरस्कार पाइन् ।
- उनले १६ जना फाइनलिस्टलाई उछिन्दै गोदावरी नगरपालिकाको उत्कृष्ट नेपाल भाषाको सहविधा पनि जितिन् ।
- सारिका महर्जन प्रथम उपविजेता र जेसिका श्रेष्ठ द्वितीय उपविजेता घोषित भए ।
काठमाडौं । १९औँ संस्करणको मिस नेवाः को उपाधि ललितपुरको तिशा शाक्यले जितेकी छन् । १६ जना फाइनलिस्टलाई उछिन्दै उनले १ लाख रुपैयाँ नगदसहितका पुरस्कार प्राप्त गरिन् ।
शीर्ष उपाधिसँगै उनले गोदावरी नगरपालिकाको उत्कृष्ट नेपाल भाषाको सहविधा पनि जितिन् । सारिका महर्जन प्रथम उपविजेता, जेसिका श्रेष्ठ द्धितीय उपविजेता घोषित भए ।
काठमाडौं महानगरपालिकाकी उप नगरप्रमुख तथा पूर्वमिस नेवाः सुनिता डंगोल प्रमुख अतिथिको रुपमा फिनालेमा सहभागी थिइन् । फेसन डिजाइनर ज्ञानीशोभा तुलाधर मुख्य निर्णायक रहेको प्रतियोगितामा लक्ष्मण महर्जन, जीवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, रोहन श्रेष्ठ, स्वरूपा श्रेष्ठ र प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक थिए ।
आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवाः समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताइन् ।
रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनको सह–संयोजन तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया 4