News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा तिब्बततर्फबाट आएको बाढीले तटीय बस्ती बगाएको छ र क्षतिको विवरण आउन बाँकी छ।
- गोसाइकुण्ड गाउँपालिका-२ का सदस्य पेमा दोर्जे घलेले टिमुरे बजार तहसनहस भएको र सय घरभन्दा बढी बस्ती प्रभावित भएको बताए।
- उनले नागरिकहरू डाँडामा बसेर उद्धारको पर्खाइमा रहेको र सरकारी निकायलाई सम्पर्क गरेर उद्धार गर्न आग्रह गरे।
१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
रसुवाको गोसाइकुन्ड गाउँपालिकाको टिमुरेस्थित एक जना वडासदस्य पेमा दोर्जे घलेका अनुसार अहिले त्यहाँ धेरै नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन् ।
वडाध्यक्षको भनाइ
बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउदै तहसनहस भयो । टिमुरे बजार केही पनि बाँकी छैन, बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाह छैन ।
टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।
हामी जोडिएकाहरु माथि डाँडामा आएर बसेका छौं । जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर यहाँ आइपुगेका छौं । साना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने ? केही छैन । बगेको पानी खाएर बसेका छौं ।
हामी उद्दारको पर्खाइमा छौं । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन । म गोसाईकुण्ड गाउपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जे घले हु । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो ।
प्रतिक्रिया 4