+
+
Shares

विपद् पूर्वतयारी र सूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र विकास गर्ने प्रस्ताव

रसुवामा विनाशकारी बाढी गएपछिको अवस्थाका सन्दर्भमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वदलीय बैठकमा राजेन्द्र लिङदेनले नेपाल, चीन र भारतबीच विपद् पूर्वतयारी र पूर्वसूचनाका लागि त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र विकास गर्न प्रस्ताव गरे।

११ भदौ, काठमाडौं । सर्वदलीय बैठकमा विपद् पूर्वतयारी र सूचनाका लागि नेपाल, चीन र भारतबीच संयन्त्र विकास गर्ने प्रस्ताव आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सर्वदलीय बैठकमा यस्तो प्रस्ताव राखेका हुन् ।

‘चीनबाट प्राप्त पूर्वसूचनासमेत अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको देखिएकाले विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि नेपाल, चीन र भारतबीच त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र विकास गर्नुपर्छ’ उनले भनेका छन् ।

रसुवामा विनाशकारी बाढी गएपछिको अवस्थाका सन्दर्भमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो । जहाँ रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित थिए ।

अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका थिए ।

उक्त बैठकमा राप्रपाका अध्यक्ष लिङदेनले उद्धार तथा प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्ने पनि बताए ।

‘राहत, प्रतिकार्य तथा उद्धारका लागि सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्छ’ उनले भनेका छन्, ‘प्रभावित तथा विस्थापित नागरिकका लागि अस्थायी पुनर्स्थापना तथा पुनर्वासको व्यवस्था तत्काल सुरु गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?