+
+
Shares

बाढी क्षतिमा हालसम्मकै धेरै बीमा दाबी, इन्जिनियरिङ र ठेक्कातर्फ मात्रै २० अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीबाट भएको क्षतिमा भदौ १५ सम्म २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँको बीमा माग दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
  • प्राधिकरणका अनुसार ५८३ बीमीतले माग दाबी गरेका छन्, जसमा सबैभन्दा धेरै दायित्व दी ओरियन्टल इन्स्योरेन्समा ८ बीमीतले १३ अर्ब ४ करोडको दाबी गरेका छन् ।
  • बाढीमा ११ जलविद्युत् आयोजना र ६ हजारभन्दा बढी घरसहित विद्युत् प्रसारण लाइन, कृषि, गाइवस्तु र बैंक शाखामा क्षति पुगेको छ ।

१६ भदौ, काठमाडौं ।  रसुवा बाढीमा भएको भौतिक क्षतिको बीमा माग दाबी विगतका विपदभन्दा धेरै भएको छ । भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिमा भदौ १५ गतेसम्ममा पौने २६ अर्बको माग दाबी परेको छ ।

बीमा कम्पनीहरूमा परेको यो नै सबैभन्दा ठूलो मागदाबी हो । यसभन्दा अघि जेनजी आन्दोलनमा भएको क्षतिमा करिब साढे २३ अर्बको माग दाबी परेको थियो ।

सोमबारसम्ममा २५ अर्ब ८७ करोडको दाबी परेको भएपनि यो अझै बढ्ने निश्चित छ । बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण समेत नआउँदै बीमा कम्पनीहरूमा हालसम्मकै धेरै बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । आगामी दिन यो दाबी रकम अझै बढ्ने स्पष्ट छ ।

भदौ १० गते गएको रसुवा बाढीमा ११ जलविद्युत् आयोजनासहित ६ हजार बढी घरमा क्षति पुगेको छ ।
त्यसैगरी विद्युत् प्रसारण लाइन, कृषि तथा गाइवस्तु, दर्जन बढी बैंकका शाखा कार्यालय लगायत सम्पत्तिमा क्षति पुगेको छ । बीमा भएका सबै सम्पत्तिको दाबी आउँदा दाबी रकम योभन्दा ठूलो हुने बीमकहरूको भनाइ छ ।

प्राधिकरणका अनुसार कुल ५ सय ८३ बीमितले २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बरारको माग दावी गरेको प्राधिकरणले जनाएको छ ।

सञ्चालनमा रहेका १५ वटा बीमा कम्पनीमध्ये हालसम्म सबैभन्दा धेरै दायित्व दी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा देखिएको छ । कम्पनीमा ८ बीमितले १३ अर्ब ४ करोडको क्षतिपूर्ति माग दाबी गरेको प्राधिकरणले जनाएको छ । तर, शिखर इन्स्योरेन्समा धेरै बीमितले माग दाबी गरेका छन् । शिखरमा १२७ बीमितले एक अर्ब ८७ करोड रुपैयाँ बराबरको माग दाबी गरेको प्राधिकरणले जनाएको छ । त्यसैगरी सबैभन्दा थोरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा एक बीमितले ५ लाखको बीमा दावी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै माग दाबी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा परेको छ । सो शीर्षकमा ५२ बीमीतले २० अर्ब ५० करोड रुपैयाँ माग दाबी गरेका छन् । त्यसैगरी सम्पत्ति बीमातर्फ ११३ बीमितले २ अर्ब ३४ करोड रुपैयाँ माग दाबी गरेका छन् । साथै मोटर बीमामा ३ सय १३ बीमितले एक अर्ब ५५ करोड रुपैयाँको माग दाबी गरेका छन् ।

परिवहन बीमामा ४७ बीमितले ८९ करोड ७७ लाख, अन्य बीमा शिर्षकमा ५४ बीमितले ५२ करोड ९२ लाख र स्वास्थ्य बीमामा ४ बीमितले ४ करोड १६ लाख माग दाबी गरेको प्राधिकरणले जनाएको छ ।

कुन कम्पनीमा कति दाबी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?