News Summary
Generated by OK AI. Editorially reviewed.- नागढुंगा–नौबिसे सडकखण्डको पातले वनमा सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।
- सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै उक्त रुटमा चल्न दिइएको छ ।
- अन्य गाडीलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको छ भने प्राविधिक टोली घटनास्थल पुगेको छ ।
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ ।
नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।
सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।
सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए ।
यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ ।
सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए ।
अर्यालले भने, ‘सडकको वाल धेरै पुरानो थियो । पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’
सडक विभागबाट अहिले प्राविधिक टोलो सडक भासिएको ठाउँमा गइसकेको अर्यालले बताए ।
प्रतिक्रिया 4