१७ भदौ, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तनका कारणले नेपालले असमान विपत्ति सामना गरिरहेको जनाएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तन, हिमनदी तथा हिमाली भू–भागको अस्थिरताबाट सिर्जित जोखिमलाई पुनःउजागर गरेको ट्रेड युनियन कांग्रेसको निचोड छ ।
‘नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चमा जलवायु न्यायको मुद्दालाई सशक्त रूपमा उठाउँदै अत्याधिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूबाट क्षति तथा नोक्सानी बापत न्यायोचित क्षतिपूर्ति र पर्याप्त अन्तर्राष्ट्रिय सहयोग माग गर्नुपर्छ,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राईले विज्ञप्ति निकालेर बाढी प्रभावित श्रमिकको जीवनयापनको लागि विशेष राहतको व्यवस्था माग गरेका छन् ।
प्रतिक्रिया 4