News Summary
Generated by OK AI. Editorially reviewed.- जडीबुटीस्थित क्लब १८ ले ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टको डोर सेल्सबाट संकलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
- आयोजकले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रमअघि नै डोर सेल्सको रकम राहतमा खर्च गर्ने घोषणा गरेका थिए।
- कन्सर्टमा र्यापर डिके सागर, गायक आश्रम थिङ र गायिका अनिशा तामाङले प्रस्तुति दिएका थिए।
काठमाडौं । जडीबुटीस्थित ‘क्लब १८’ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट संकलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
कन्सर्टको डोर सेल्सबाट संकलित रकम क्लबले शुक्रबार कोषमा जम्मा गरेको हो ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कन्सर्टको डोर सेल्सबाट प्राप्त रकम राहत तथा सहयोगमा खर्च गर्ने घोषणा आयोजकले कार्यक्रमअघि नै गरेको थियो ।
कन्सर्टमा मैथिली र्याप ‘जनचेतना’ मार्फत चर्चामा आएका र्यापर डिके सागर (यादव सरकार) को मुख्य प्रस्तुति थियो । कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले समेत प्रस्तुति दिएका थिए ।
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर आयोजना गरिएको कार्यक्रमबाट उठेको रकम विपद् प्रभावितको सहयोगमा प्रयोग गर्ने प्रतिबद्धताअनुसार कोषमा जम्मा गरिएको क्लबले जनाएको छ ।
क्लब सञ्चालक सुजन श्रेष्ठले संगीत र मनोरञ्जनमार्फत संकलित रकम विपद् प्रभावित नागरिकको सहयोगमा योगदान पुगोस् भन्ने उद्देश्यले कोषमा रकम जम्मा गरिएको बताए ।
प्रतिक्रिया 4