News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा बैतडीका ३९ वर्षीय हिमालबहादुर चन्द शनिबार बिहान मृत फेला परेका छन् ।
- इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा भेटिएको पुष्टि गर्नुभयो ।
- मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३ असोज, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–२ तेघरीमा शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले चन्द घोप्टो परेको अवस्थामा मृत भेटिएको पुष्टि गरे ।
उनका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4