+
+
Shares

झलकमानको फोटो नेपाली नोटमा राख्न सांसद पौडेलको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १३:५९

५ असोज, काठमाडौं । रास्वपा सांसद उत्तम प्रसाद पौडेलले स्वर्गीय झलकमान गन्धर्वको तस्वीर नेपाली नोटमा राख्न वा उनको तस्वीर अंकित हुलाक टिकट निकाल्न माग गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले झलकमान र गन्धर्व जातिको सम्मानका लागि पनि यो काम आवश्यक रहेको तर्क गरे ।

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेलले भने, ‘नेपाल सरकारले सकेसम्म स्वर्गीय झलकमान गन्धर्व र गन्धर्व समुदायमाथि न्याय गरेर उनको फोटो नेपालको नोटमा राखिदिओस् अथवा छापिदिओस्, होइन भने नेपालको हुलाक टिकटमा भए पनि छापेर उनीमाथि सम्मान गरोस् र गन्धर्व समुदायमाथि न्याय गरोस् ।’

झलकमान कास्कीको पोखरा उपमहानगरपालिका– १६ बाटुलेचौरमा १९९२ साल वैशाख १२ गते जन्मिएका थिए । उनको निधन ६८ वर्षको उमेरमा २०६० साल मंसिर ६ गते काठमाडौंमा भएको थियो ।

उनले गाएका ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, रण जित्दैछ भन्दिए…,’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् ।

झलकमानलाई बिर्सन नहुने बताउँदै सांसद पौडेलले सरकारसँग प्रश्न गरे,  ‘लाहुरेले सोध्लान् नि खै गन्धर्व जाति भन्लान्, लोप नै भए’ भनेर भोलि झलकमान गन्धर्वका नाती पुस्ताले सोधे भने हामीले के जवाफ दिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?