+

एसियन गेम्स : टेबलटेनिस महिला डबल्समा इभाना–नविता वाकओभरबाट बाहिरिए

२०८३ असोज  ८ गते ७:५५ २०८३ असोज ८ गते ७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली खेलकुदको टेबलटेनिस महिला डबल्समा इभाना थापा र नविता श्रेष्ठको नेपाली जोडी दोस्रो चरणमा वाकओभरका कारण बाहिरिएको छ।
  • बिहीबार स्काइ हल टोयोटामा हुने खेलमा नेपाली जोडी कोर्टमा उपस्थित नभएपछि सिंगापुरकी टान झाओ युन र क्लोई लाइविरुद्धले वाकओभरबाट अर्को चरणमा स्थान बनाएका छन्।
  • इभाना र नविता दुवै महिला सिंगल्सबाट पहिलो चरणमै बाहिरिएका थिए, र अब नेपालका लागि पुरुष सिंगल्स तथा पुरुष डबल्स मात्र बाँकी छन्।

८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला डबल्समा नेपालकी इभाना थापा र नविता श्रेष्ठको जोडी दोस्रो चरणबाट वाकओभरका कारण बाहिरिएको छ ।

बिहीबार स्काइ हल टोयोटामा हुने तय भएको खेलमा नेपाली जोडी सिंगापुरकी टान झाओ युन र क्लोई लाइविरुद्ध कोर्टमा उपस्थित नभएपछि सिंगापुरले वाकओभरमार्फत अर्को चरणमा स्थान बनाएको हो ।

यसअघि इभाना र नविता दुवै महिला सिंगल्समा पनि पहिलो चरणबाटै बाहिरिएका थिए । मिश्रित डबल्समा इभाना र रुबिन महर्जनको जोडी पहिलो चरणबाट बाहिरिएको थियो भने नविता र संयोग कपालीको जोडी दोस्रो चरणसम्म पुगेपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

अब नेपालका लागि टेबलटेनिसमा पुरुष सिंगल्स र पुरुष डबल्सका स्पर्धा मात्र बाँकी रहेका छन् ।

२०औं एसियन गेम्स इभाना थापा र नविता श्रेष्ठ एसियन गेम्स महिला टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय