+

ब्रिक्स गेम्स ओपन हाप्किडोमा बन्दना बस्नेतलाई रजत

२०८३ असोज  ८ गते १९:५४ २०८३ असोज ८ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्गिस्तानको इस्सिक–कुलमा भएको ब्रिक्स गेम्स ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा बन्दना बस्नेतले रजत पदक जितिन् ।
  • बन्दनाले ४९–५३ केजी तौल समूहको क्योरुगी विधामा प्रतिस्पर्धा गर्दै फाइनलसम्म पुगिन् ।
  • फाइनलमा उनी रुसकी खेलाडीसँग पराजित भइन्, नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन् ।

८ असोज, काठमाडौं । कीर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालकी हाप्किडो खेलाडी बन्दना बस्नेतले रजत पदक जितेकी छन् ।

सेप्टेम्बर २२ देखि २४ सम्म कीर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा आयोजना भएको प्रतियोगितामा बन्दनाले महिला तर्फ ४९–५३ केजी तौल समूहको क्योरुगी विधामा प्रतिस्पर्धा गरेकी थिइन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भइन् ।

फाइनलमा बन्दना रुसकी खेलाडीसँग पराजित भएपछि रजत पदकमा सीमित भएको नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन् ।

अध्यक्ष मगरले बन्दनाको प्रदर्शन र उपलब्धिप्रति खुसी व्यक्त गर्दै यो सफलता नेपाली हाप्किडोका लागि गौरवको विषय भएको बताए ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता र उपलब्धिले हाप्किडोको विकास तथा प्रवर्द्धनमा थप उत्साह प्रदान गर्ने बताए ।

बन्दना बस्नेत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय